प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि आवश्यक कागजातहरु:

१. नेपालको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागबाट प्रमाणीत भएको प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल (Colour Print)

२. राहदानी र नागरिकताको प्रतिलिपि एक-एक थान

३. रितपूर्वक भरिएको निवेदन फारम १ थान (Downloads)

४. राजश्व रकम १,५०,०००।- कोरियन वन (दूतावासमा स्वयम् उपस्थित भएको खण्डमा)

Note: दूतावासमा स्वयम् उपस्थित हुन नसक्ने अवस्था भएमा Post मार्फत सेवा लिन सक्नेहुनेछ।(Post) मार्फत पठाउनका लागि थप 3000।- वन Postal Charge लाग्छ।तसर्थ Post मार्फत सेवा लिने हो भने Police Report र १५३,०००।- (Cash) खामबन्दी गरेर दूतावासको ठेगानामा पठाउनुहोला। Post मार्फत Document पठाउँदा 7-10 कार्यदिन लाग्छ।आफ्नो फोन नम्बर र आफूले कागजात प्राप्त गर्ने ठेगाना अनिवार्य रुपमा निवेदनमा उल्लेख गर्नुहोला।