सवारी चालक अनुमति पत्र प्रमाणिकरणः
नेपाल सरकारबाट जारी सवारी चालक अनुमतिपत्र प्रमाणिकरण सम्बन्धमा निम्नानुसार कागजातहरु पेश गर्नु पर्दछः
(क) रीतपूर्वक भरिएको दरखास्त फारम १ प्रति ।
(ख) सवारी चालक अनुमतिपत्रको सक्कल ।
(ग) निवेदकको राहदानीको प्रतिलिपि १ प्रति ।
(घ) आप्रवासी दर्ता कार्ड (Alien Registration Card) को प्रतिलिपि १ प्रति ।
(ङ) शुल्कः कोरियन वन ७५,००० (पचहत्तर हजार वन मात्र) ।
Note: दूतावासमा स्वयम् उपस्थित हुन नसक्ने अवस्था भएमा Post मार्फत सेवा लिन सक्नेहुनेछ। (Post) मार्फत पठाउनका लागि थप 3000।- वन Postal Charge लाग्छ।तसर्थ Post मार्फत सेवा लिने हो भने कुल जम्मा 78000।- कोरियन वन खामबन्दी गरेर दूतावासको ठेगानामा पठाउनुहोला। Post मार्फत Document पठाउँदा 7-10 कार्यदिन लाग्छ।आफ्नो फोन नम्बर र आफूले कागजात प्राप्त गर्ने ठेगाना अनिवार्य रुपमा निवेदनमा उल्लेख गर्नुहोला।
Note: सवारीचालक अनुमतिपत्रमा भएको कुनै पनि विवरण (जस्तै: जन्ममिति, नाम, थर, Validity Period, अन्य) फरक परेको अवस्थामा सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट जारी लाइसेन्सको सम्पूर्ण विवरण खुल्ने आधिकारिकताको पत्र नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको श्री कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरी सोको सक्कल वा प्रतिलिपि १ प्रति ।
नेपालको सवारीचालक अनुमतिपत्र कोरियनमा परिवर्तन गर्न दूतावासबाट दिइने “ To Whom It May Concern” प्राप्त गरिसकेपछि के गर्ने?
(What to do after obtaining the certified verification letter from the embassy for driver's license exchange?)
देहायबमोजिमका कागजातहरु लिएर नजिकैको Driving Centre मा जानुहोला।
1. सवारी चालक अनुमतिपत्रको सक्कल (Original Driver's License)
2. Original Passport र Residence Card
3. दूतावासबाट प्रमाणित पत्र (대사관 확인서 - Embassy Verification Letter)
4. 출입국사실증명서 (주민센터) (Certificate of Facts on Entry and Exit - Available at Community Service Centers)
5. पासपोर्ट साइजको फोटो ३ प्रति ( Passport-sized Photos 3 copies)
माथि उल्लिखित कागजातहरु लिएर नजिकैको Driving Centre मा जानुहोला।त्यहाँ आँखा परिक्षण गर्ने र लिखित परिक्षा दिनुपर्ने हुन्छ।
Note: E-7 Visa Holder हरुले लिखित परिक्षा दिनुपर्दैन। अन्य सबै Visa Category ले Written Exam दिनुपर्ने हुन्छ।
(You must visit the nearest driver's license center with the required documents. An eye test and a written test will be conducted there. If you hold an E-7 visa, you are exempt from the written exam and can directly exchange your license after fulfilling the physical criteria. Holders of other visa categories are required to take the written test.
Administrative and Test Center Locations (Nearest from the Embassy)
Korea Road Traffic Authority Dobong Driver"s License Test Center
한국도로교통공단 도봉운전면허시험장
Address: 서울 노원구 동일로 1449 도봉운전면허시험장
Contact: 1577-1120 (월요일-금요일 - 9:00-18:00)
SEONGBUKDONG COMMUNITY SERVICE CENTER
성북동 주민센터
Address: 서울 성북구 성북로 37 성북동 주민센터
Hours: Monday to Friday - 9:00am-18:00pm
Telephone Number:- 02-2241-5000