One Way Travel Document

एकतर्फी कागजी यात्रा अनुमति पत्र (One Way Travel Document)

तत्काल समस्या परी ३० दिन भित्र नेपाल जानु पर्ने भई एकतर्फी यात्रा अनुमति पत्र प्राप्त गर्न निम्नानुसार कागजातहरु आवश्यक पर्दछ ।

) रीतपूर्वक भरिएको दरखास्त फारम १ प्रति ।

) राहदानीको सक्कल र प्रतिलिपि ।

) राहदानी हराएर यात्रा अनुमति पत्र आवेदन गर्दा सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, हराएको राहदानी नम्बर, राहदानी जारी मिति समेत उल्लेख गरी स्थानीय प्रहरी कार्यालयबाट जारी भएको राहदानी हराएको पुष्टि गर्ने प्रतिवेदन ।

) राहदानी बिग्रएको वा नष्ट भएको भए सोको प्रमाण ।

) नेपाली नागरिकता प्रमाणपत्रको सक्कल वा प्रतिलिपि ।

) ६महिना भित्र खिचिएको ३५x५४ मि.मि साईजको २ प्रति रंगिन फोटो ।

) राजश्व कोरियन वन ७०,०००।- (सत्तरी हजार मात्र)