राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना सम्बन्धी सूचना!!!

राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना सम्बन्धी सूचना!!!

राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने सम्बन्धी सूचना

      नेपाली राजदूतावासले कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुको कार्यव्यस्ततालाई मध्यनजर गर्दै सहज, सरल र सेवाग्राहीमैत्री रुपमा सेवाप्रवाह गर्ने हेतुले विभिन्न समयमा विभिन्न स्थानहरुमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको व्यहोरा सबैमा विदितै छ। सोही कार्यक्रमलाई निरन्तरता दिने क्रममा यही 11 अक्टोबर 2026 (तदनुसार 25 असोज 2083) मा नेपाली  राजदूतावासको आयोजनामा तथा स्याङ्जा समाज दक्षिण कोरिया किम्हे/बुसान शाखाको सह-आयोजनामा किम्हेमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएकाले सम्बन्धित सबै सेवाग्राहीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

  उक्त घुम्ती शिविरबाट राहदानी कन्सुलर सेवा लिन प्रचलित कानुनले तोकेको शुल्कPostage Charge (3040 वन) बाहेक कुनै पनि थप शुल्क नलाग्ने बेहोरा जानकारी गराइन्छ।नवजात शिशुहरुको हकमा पहिले जन्मदर्ता प्रमाणपत्र जारी गरी राहदानी बनाउनु पर्ने र जन्मदर्ता सो स्थानबाट जारी गर्न नसकिने हुँदा निजहरुको हकमा जन्मदर्ता र राहदानी आवेदनका लागि अनलाईन फारम भरी दूतावासमा आई सेवा लिनुपर्नेछ।

  • राहदानीको राजश्व रकम Online माध्यमबाट बुझाउनु पर्ने छ। Cash लिईने छैन।
  • अनलाईन फारम भरेपछि प्राप्त WPT number सहितको Barcode अनिवार्य रुपमा सम्पर्क व्यक्तिलाई     पठाउनुपर्नेछ।
  1. सेवा प्राप्त गर्नका लागि आवश्यक कागजातहरु:
  • पूरानो राहदानी तथा सोको प्रतिलिपि 1 थान ( Front Page Back Page दुबैको )
  • नागरिकताको प्रतिलिपि 1 थान ( Front Page Back Page दुबैको )
  • सक्कल Residence Card
  • Postal Charge का लागि 3040 वन Cash दिनुपर्नेछ।

विस्तृत जानकारीका लागि सम्पर्क:                                                                                                                

रमेश काफ्ले  01090356116                         सागर लामिछाने  01059224917

सुजन पौडेल  01029439510                         रसिक पाण्डे    01059542784

कमल अर्याल 01059398076

 

 

नेपाली राजदूतावास, सिओल

15 सेप्टेम्बर 2026