कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना !

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना !

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना !
गणतन्त्र कोरियामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरू, विशेषगरी हालसालै कोरिया आई अध्ययन गरिरहेका विद्यार्थीहरूलाई देहायका विषयमा विशेष ध्यान दिनुहुन नेपाली राजदूतावास, सियोल हार्दिक अनुरोध गर्दछ।
कोरियामा नेपाली विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको सन्दर्भमा यहाँको भाषा, कानुनी व्यवस्था, अध्यागमनसम्बन्धी प्रावधान तथा रोजगारी प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा नयाँ विद्यार्थीहरू विभिन्न प्रलोभन, गलत सूचना, ठगी तथा आर्थिक शोषणको जोखिममा पर्ने गरेको पाइएको छ।

 
१. विद्यार्थी भिसामा रोजगारी गर्दा कानुनी प्रावधान पालना गर्नुहोस्।
गणतन्त्र कोरियामा D-2 तथा D-4 लगायतका विद्यार्थी भिसामा रहेका विदेशी विद्यार्थीहरूले कोरियाली अध्यागमन निकायबाट आवश्यक Part-time Work Permit  प्राप्त नगरी कुनै पनि प्रकारको रोजगारी गर्न पाउँदैनन्। अनुमतिबिना काम गरेको पाइएमा जरिवाना, भिसा रद्द, Deport हुने तथा भविष्यमा कोरिया प्रवेशमा प्रतिबन्धसमेत लाग्न सक्ने भएकाले यस विषयमा गम्भीर हुन अनुरोध छ।

 
२. रोजगारीको हतारमा कानुनविपरीत कार्य नगर्नुहोस्।
कोरिया आएको दुई-तीन महिनामै रोजगारी खोज्ने र तत्काल आम्दानी गर्ने दबाबमा परी अनुमति नलिई काम गर्ने कार्य नगर्नुहोस्। सजिलै काम पाइने, राम्रो आम्दानी हुने तथा कुनै कानुनी समस्या नहुने जस्ता प्रलोभनमा नपर्नुहोस्।

 
३. आर्थिक ठगी तथा पारिश्रमिक हिनामिनाबाट सचेत रहनुहोस्।
नयाँ विद्यार्थीहरूको भाषा तथा कानुनी व्यवस्थासम्बन्धी अपर्याप्त जानकारीको अनुचित फाइदा उठाउँदै ठगी तथा शोषण हुन सक्ने भएकाले सचेत रहनुहोस्। हालै राजदूतावासमा प्राप्त एक उजुरीअनुसार एक व्यक्तिले कोरियामा नवप्रवेशी करिब ५०-६० जना नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा काम खोजिदिएको र उनीहरूले पाउनुपर्ने पारिश्रमिक रोजगारदाताबाट आफैँले बुझ्ने गरेको तर विद्यार्थीहरूलाई भने पारिश्रमिक नदिई टार्ने गरेको भनेर उजुरी प्राप्त भएको छ। यस्ता घटनाबाट बच्न र सचेत रहनुहुन अनुरोध छ। 

 
४. आधिकारिक सूचना लिने प्रयास गर्नेहोस्।
आधिकारिक सूचनाका लागि नेपाली राजदूतावासको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा प्रकाशित सूचनाहरू हुर्नुहोस्। कुनै द्विविधा वा समस्या भएमा सम्बन्धित कोरियाली सरकारी निकाय वा राजदूतावाससँग सम्पर्क गरी आधिकारिक जानकारी लिनुहोस्।

 
ठगी, पारिश्रमिक हिनामिना, आर्थिक शोषण, धम्की वा अन्यायमा परेमा सम्बन्धित निकायमा उजुरी गर्नुहोस्। फेसबुक, मेसेन्जर, Kakao तथा व्यक्तिगत सम्पर्कबाट प्राप्त हुने रोजगारी, भिसा र अध्यागमनसम्बन्धी सबै सूचना आधिकारिक नहुन सक्छन्।याद राख्नुहोस्।कुनै पनि OTP कसैलाई नदिनुहोस्। Banking Fraud बाट बच्नुहोस्।

 
कानुनको पालना गरौँ, आफ्नो अधिकार र कर्तव्य बुझौँ, प्रलोभन तथा शोषणबाट बचौँ र आफ्नो अध्ययन तथा उज्ज्वल भविष्य निर्माणमा केन्द्रित रहौँ।

 
नेपाली राजदूतावास, सिओल तपाईंहरूको हित, सुरक्षा तथा अधिकार संरक्षणका लागि सदैव तत्पर छ।

 
नेपाली राजदूतावास

सिओल, गणतन्त्र कोरिया