राहदानीको म्याद १ वर्ष वा सो भन्दा कम भएमा वा राहदानी हराएमा वा Damage भएमा वा पुरानो राहदानीमा केही व्यक्तिगत विवरण गलत भएमा मात्र राहदानी नवीकरणका लागि आवेदन दिन सकिन्छ।

राहदानी नवीकरणको लागि देहायबमोजिमको प्रक्रया पुरा गरी दूतावासमा स्वयम् उपस्थित हुनुपर्दछ।

१. राहदानी नवीकरणका लागि e-Passport enrollment online form अनिवार्य रूपमा भरेर आउनुपर्छ। Online Form भर्नका लागि Department of Passports को Website Visit गर्नुहोला। अथवा तल दिईएको लिङ्कमा Click गरी फारम भर्न सक्नुहुनेछ।

https://online.nepalpassport.gov.np/

२. Online Form भरेपछी प्राप्त हुने Barcode सहितको Passport Application Form को Screenshot गरी ल्याउनुपर्दछ जसमा WPT number उल्लेख भएको हुन्छ।

३. पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि एक(१) थान र नागरिकताको प्रतिलिपि एक(१) थान अनिवार्य रूपमा ल्याउनुपर्दछ। फोटो आवश्यक पर्दैन।

४. Online Form को तलपट्टी देखाएको मिति र समयमा दूतावासमा आई सेवा लिन सक्नुहुनेछ।

५. नाबालकको राहदानीको हकमा पहिले जन्मदर्ताको Online Form भरी प्राप्त टोकन नम्बर Screenshot गरी राहदानीको लागि अर्को Online Form भरेपछी प्राप्त हुने Barcode सहितको Passport Application Form को Screenshot गरी ल्याउनुपर्दछ जसमा WPT number उल्लेख भएको हुन्छ।

६. राहदानी नवीकरणको लागि दस्तुर : New/Renew:-2,30,000 Won for Adult

New/Renew: -1,15,000 Won for children below 10 years

Lost/Damage:- 4,60,000 Won for Adult

Lost/Damage:-2,30,000 Won for Children below 10 years