कोरियामा Family Health Insurance गर्नका लागि पुर्याउनुपर्ने प्रक्रिया र आवश्यक कागजातहरू:
१. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि १ थान
२. श्रीमान र श्रीमतीको बिमा गर्नुपर्ने भएमा विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि
३. श्रीमान, श्रीमती र बच्चाको बिमा गर्नुपर्ने भएमा ३ जनाको नाम समावेश भएको नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित नाता खुल्ने प्रमाणपत्र वा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि।(नेपाली राजदूतावास सिओलबाट जारी भएको जन्मदर्ताबाहेक सबै कागजातहरू नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भएको हुनुपर्ने)
(Online System मा प्रविष्ट भएका विवाहदर्ता वा जन्मदर्ताको हकमा कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्दैन
(Online System मा प्रविष्ट भएको वा नभएको यकिन गर्नका लागि सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नेहोला।
४. सम्बन्धित सबैको राहदानी र Alien Registration Card को प्रतिलिपि
५. राजदूतावासको Website र Facebook Page मा उपलब्ध भएको निवेदन फारम भर्नुपर्ने छ। फारम भर्न असमर्थ भएको खण्डमा आफैंले निवेदन लेख्न सक्नुहुने छ।
६. राजश्व रकम जम्मा 75000।- वन (पचहत्तर हजार वन मात्र)
Note: दूतावासमा स्वयम् उपस्थित हुन नसक्ने अवस्था भएमा Post मार्फत सेवा लिन सक्नेहुनेछ। (Post) मार्फत पठाउनका लागि थप 3000।- वन Postal Charge लाग्छ।तसर्थ Post मार्फत सेवा लिने हो भने कुल जम्मा 78000।- कोरियन वन खामबन्दी गरेर दूतावासको ठेगानामा पठाउनुहोला। Post मार्फत Document पठाउँदा 7-10 कार्यदिन लाग्छ।आफ्नो फोन नम्बर र आफूले कागजात प्राप्त गर्ने ठेगाना अनिवार्य रुपमा निवेदनमा उल्लेख गर्नुहोला।
(Family Health Insurance गर्नका लागि राजदूतावासबाट जारी गरिएको आवश्यक कागजात प्राप्त भएपछि कोरियन भाषामा Translate गर्नुपर्ने भएमा Translate गरी Insurance Office मा बुझाउनुहोला।)