नागरिकता परित्यागः

(क) नेपाली नागरिकता परित्याग सम्बन्धी अनुसूची-९ फारम भरी रीतपूर्वक दूतावासमा निवेदन दिने ।
सो निवेदन फाराम Downloads मा गई Download गरी प्राप्त गर्न सक्नुहुनेछ।

(ख) कोरियन नागरिकताको लागि प्रकृया अगाडी बढाएको सम्बन्धी कोरियाको सम्बन्धित निकायबाट प्रदान हुने कागजात (국적 취득 사실 증명서나 귀화 증서) (Certificate of Korean Citizenship Acquisition or Naturalization Certificate) को सक्कल र प्रतिलिपि १ प्रति ।

(ग) कोरियन नागरिकता प्राप्त गरेको खुल्ने आधारभूत विवरण भएको कागजात 기본증명서(상세) Basic Certificate (detailed) । यो कागजात नागरिकता परित्याग गरेको मितिको ३ हप्ता पछि नजिकैको Community Center बाट प्राप्त गर्न सक्नुहुनेछ।।
(घ) नेपाली नागरिकता प्रमाणपत्र र राहदानीको सक्कल तथा सो को प्रतिलिपि १/१ प्रति ।
(ङ) हालसालै खिचिएको Passport Size को फोटो दुई (२) प्रति ।

(माथि उल्लेखित कागजातहरु सहित निवेदन प्राप्त भए पश्चात सक्कल नागरिकता सहितका कागजातहरु नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको कन्सुलर सेवा विभागमा पठाउने छ। कन्सुलर सेवा विभागबाट गृह मन्त्रालय हुँदै निज व्यक्तिको नागरिकता जारी भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाइनेछ । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता रद्व गरिएको निर्णय प्राप्त भएपछि मात्र सो सम्बन्धी पत्र निवेदकलाई प्रदान गरिनेछ ।)