Power of Attorney


अधिकृत वारेसनामाः

अधिकृत वारेसनामा सम्बन्धी कार्यको लागि आवश्यक कागजातहरुमाः

(क) नेपाली कागजमा रीतपूर्वक तयार गरिएको अधिकृत वारेसनामा २ प्रति ।
(अधिकृत वारेसनामामा सो तयार गरिदिने कानुन व्यवसायीको नाम र अनुमति पत्र नं. समेत स्पष्ट उल्लेख हुनुपर्ने । साथै वारेसनामा लिने र दिनेको दुबैको हालसालै खिचिएको फोटो टाँस गरी लिनेको औठा छाप, सही भएर दुईजना साक्षी किनारा राखी आउनुपर्ने ।)
(ख) अधिकृत वारेसनामामा दिने व्यक्तिले आफ्ना सबै व्यहोरा स्पष्ट खुलाई (नेपालमा कानून व्यवसायीको सहयोगमा) दूतावासलाई लेखेको रीतपूर्वक निवेदन ।
(ग) अधिकृत वारेसनामा दिने र लिने दुवैको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति ।
(घ) अधिकृत वारेसनामा दिनेको राहदानी र Alien Registration Card को सक्कल तथा प्रतिलिपि १/१ प्रति ।
(ङ) अधिकृत वारेसनामा दिनेको हालै खिचिएको दुई प्रति फोटो ।
(च) शुल्क कोरियन वन 3०,००००।– (तीन लाख  मात्र) NEW RATES OF CONSULAR FEES AND CHARGES (2079/07/15)।
(अधिकृत वारेसनामामा दिने व्यक्ति आफैं राजदुतावासमा उपस्थित भई नियोग प्रमुखको रोहवरमा अधिकृत वारेसनामामा सहीछाप गर्नु पर्ने हुनाले अग्रिम रुपमा समय मिलाएर मात्र आउनु पर्नेछ ।)

माथि उल्लेखित बुँदाहरु बाहेक देहायको विषयको अधिकृत वारेशनामाका सम्बन्धमा निम्नानुसार थप कागजातहरु पेश गर्नुपर्नेछ ।

  • जग्गा किनबेच वा नामसारी सम्बन्धी अधिकृत वारेसनामाको हकमा जग्गाको लालपूर्जा र पछिल्लो आ.व. सम्म तिरो तिरेको रसिदको प्रतिलिपि १/१ प्रति,
  • सवारीसाधनको किनबेच वा नामसारीका लागि अधिकृत वारेसनामाको हकमा सवारीको ब्लुबुक र कर तिरेको रसिदको प्रतिलिपि १/१ प्रति,
  • घर किनबेच वा नामसारीको अधिकृत वारेसनामाको हकमा सो सम्बन्धी लालपूर्जा, नक्सा र पछिल्लो आ.व. सम्म कर तिरेको रसिदको प्रतिलिपि १/१ प्रति,
  • सम्बन्ध विच्छेद सम्बन्धी अधिकृत वारेसनामाको हकमा विवाहदर्ताको प्रमाणपत्र र सम्बन्धित अदालतमा मुद्दाको तारेक तोकिएको पत्रको प्रतिलिपि १/१ प्रति ।
  • बैक ऋण जमानी सम्बन्धमा सम्बन्धित बैंकबाट जारी जमानी कागजातको सक्कल, ऋण सम्बन्धी कागजातका प्रतिलिपिहरु र जमानी बस्ने व्यक्तिको पछिल्लो १ वर्षको बैंक स्टेटमेन्ट वा तलबी विवरण ।