Attestation

१. कागजात प्रमाणीकरणः

नेपाल सरकारबाट जारी भएका कागजातहरुको प्रमाणिकरण वा प्रमाणिकरण सम्बन्धी अन्य सेवाहरु सम्बन्धमा देहायका कागजातहरु पेश गर्नुपर्नेछः

(क) कागजात प्रमाणिकरण सम्बन्धी अनुरोध र संक्षिप्त व्यहोरा सहित निवेदन ।
(ख) प्रमाणिकरण गर्नुुपर्ने कागजातको सक्कल तथा प्रतिलिपि १ प्रति । (दूतावासबाट कुनै पनि कागजात प्रमाणिकरणका लागि अनिवार्य रुपमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्र्तगतको कन्सुलर सेवा विभागबाट प्रमाणित भएकोे हुनुपर्ने । नेपालको नोटरी पव्लिकबाट प्रमाणित भएका कागजातहरुका हकमा यस राजदूतावासवाट प्रमाणिकरण नहुने ।)
(ग) निवेदकको राहदानीको सक्कल तथा प्रतिलिपि १/१ प्रति ।
(घ) शुल्कः प्रति कागजात NEW RATES OF CONSULAR FEES AND CHARGES (2075/04/09) । (आवश्यकता अनुसार प्रमाणित गरिने कागजातमा उल्लेखित छाप तथा दस्तखतको आधिकारिकता सम्बन्धमा नेपालस्थित सम्बन्धित निकायबाट जानकारी लिइनेछ । सम्बन्धित निकायबाट आवश्यक जानकारी प्राप्त भए पछि मात्र दूतावासको प्रमाणिकरण कार्य अघि बढ्नेछ ।)

२. सवारी चालक अनुमति पत्र प्रमाणिकरणः 

नेपाल सरकारबाट जारी सवारी चालक अनुमतिपत्र प्रमाणिकरण सम्बन्धमा निम्नानुसार कागजातहरु पेश गर्नु पर्दछः

(क) रीतपूर्वक भरिएको दरखास्त फारम १ प्रति ।
(फाराम निम्न लिंकमा डाउनलोन गर्न सकिनेछः

Application for Driving License Certification

(ख) सवारी चालक अनुमतिपत्रको सक्कल ।
(ग) सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट जारी लाइसेन्सको सम्पूर्ण विवरण खुल्ने आधिकारिकताको पत्र नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको श्री कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरी सोको सक्कल तथा प्रतिलिपि १ प्रति ।
(घ) निवेदकको राहदानीको सक्कल तथा प्रतिलिपि १ प्रति ।
(ङ) आप्रवासी दर्ता कार्ड (Alien Registration Card) को सक्कल र प्रतिलिपि १ प्रति ।
(च) शुल्कः कोरियन वन NEW RATES OF CONSULAR FEES AND CHARGES (2079/07/15)  ।

सवारी चालक अनुमतिपत्रकोे आधिकारिकता पुष्टिको लागि नेपालको सम्बन्धित निकायमा पठाइनेछ र आधिकारिकता प्रमाणित भएर आएपछि मात्र दूतावासबाट प्रमाणिकरण गरिनेछ ।