Other Services


नागरिकता परित्यागः

(क) नेपाली नागरिकता परित्याग सम्बन्धी फारम भरी रीतपूर्वक निवेदन दिने ।
फाराम यस लिंकमा प्राप्त गर्न सकिनेछः

Application for Citizenship Renunciation

(ख) कोरियन नागरिकताको लागि प्रकृया अगाडी बढाएको सम्बन्धी कोरियाको सम्बन्धित निकायबाट प्रदान हुने कागजातको सक्कल र प्रतिलिपि १ प्रति ।
(ग) नेपाली नागरिकता प्रमाणपत्र र राहदानीको सक्कल तथा सो को प्रतिलिपि १/१ प्रति ।
(घ) हालसालै खिचिएका फोटो २ प्रति ।
(ड.) शुल्कः  RATES OF CONSULAR FEES AND CHARGES (2079/07/15) बमोजिम हुनेछ ।

(माथि उल्लेखित कागजातहरु सहित निवेदन प्राप्त भए पश्चात सक्कल नागरिकता सहितका कागजातहरु नेपालस्थित श्री कन्सुलर सेवा विभाग मार्फत नेपाली नागरिकता जारी भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाइनेछ । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता रद्व गरिएको निर्णय प्राप्त भएपछि मात्र सो सम्बन्धी पत्र निवेदकलाई प्रदान गरिनेछ ।)

 


श्रम सम्झौता प्रमाणिकरण (E-7 भिसाका लागि) 

दूतावासले तोकेको श्रम सम्झौतामा मात्र प्रमाणिकरण गरिनेछ ।
(दूतावासले तोकेको नमूना श्रम सम्झौता यस लिकंमा हेर्न सकिनेछ –

Download Sample Job Contract
उक्त श्रम सम्झौता गणतन्त्र कोरियाको परराष्ट्र मन्त्रालयबाट कन्सुलर प्रमाणिकरण गरी पेश गर्नुपर्नेछ । सो प्रमाणित श्रम सम्झौता साथ संलग्न गर्नुपर्ने अन्य आवश्यक कागजातहरु निम्नानुसार छन्ः

(क) श्रम सम्झौताको प्रमाणिकरणका लागि अनुरोध गर्दै रोजगारदाताले पेश गरेको निवेदन ।
(ख) रोजगारदाताको व्यवसाय दर्ता सम्बन्धी कागजातको सक्कल र सो को प्रतिलिपि १ प्रति ।
(ग) रोजगारदाताको राहदानी र ID कार्डको सक्कल तथा प्रतिलिपि १/१ प्रति ।
(घ) कोरियाको अध्यागमनबाट प्राप्त कामदारको भिसा confirmation सम्बन्धी पत्र वा email को प्रतिलिपि ।
(ङ) कामदारको नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानीको प्रतिलिपि १/१ प्रति ।
(च) शुल्कः NEW RATES OF CONSULAR FEES AND CHARGES (2079/07/15) बमोजिम हुनेछ ।

माथि उल्लेखित सम्पूर्ण प्रकृया पूरा भएपछि दूतावासबाट श्रम सम्झौता प्रमाणिकरण गरिनेछ । यसरी दूतावासबाट प्रमाणित श्रम सम्झौता दूतावासको e-mail बाट वैदेशिक रोजगार विभागको e-mail: dofe_kath@dofe.gov.np मा समेत पठाइनेछ ।

No Objection Letter Download DOC/Download PDF