एकतर्फी यात्रा अनुमतिपत्र (One-Way Travel Document)
भिषा तथा राहदानीको म्याद समाप्त भएका नेपालीहरुलाई नेपाल जानका लागि 3 महिना समयावधि भएको यात्रा अनुमतिपत्र जारी गरिन्छ जसका लागि देहायबमोजिमका कागजातहरु लिई दूतावासमा स्वयम् उपस्थित हुनुपर्दछ।
१) रितपूर्वक भरिएको दरखास्त फारम १ प्रति।
२) राहदानीको सक्कल वा प्रतिलिपि ।
३) नेपाली नागरिकता प्रमाणपत्रको सक्कल वा प्रतिलिपि ।
४) ६ महिनाभित्र खिचिएको 35*45 mm साइजको २ प्रति रङ्गिन फोटो ।
५) राजश्व रकम: कोरियन वन ७५,०००।- (कोरियन वन पचहत्तर हजार मात्र)
Note: राहदानीको म्याद बाँकी छ भने नेपाल जानका लागि आवश्यक पर्नु Ticket काटेर सोझै जानसक्नुहुनेछ। राहदानीमा म्याद नभएका र भिषा नभएकाहरुको हकमा मात्र यो अनुमतिपत्र आवश्यक पर्दछ।