राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA PANCHAMI - 20
अधिकृत वारेसनामाः
अधिकृत वारेसनामा सम्बन्धी कार्यको लागि आवश्यक कागजातहरुमाः
(क) नेपाली कागजमा रीतपूर्वक तयार गरिएको अधिकृत वारेसनामा २ प्रति ।
(अधिकृत वारेसनामामा सो तयार गरिदिने कानुन व्यवसायीको नाम र अनुमति पत्र नं. समेत स्पष्ट उल्लेख हुनुपर्ने । साथै वारेसनामा लिने र दिनेको दुबैको हालसालै खिचिएको फोटो टाँस गरी लिनेको औठा छाप, सही भएर दुईजना साक्षी किनारा राखी आउनुपर्ने ।)
(ख) अधिकृत वारेसनामामा दिने व्यक्तिले आफ्ना सबै व्यहोरा स्पष्ट खुलाई (नेपालमा कानून व्यवसायीको सहयोगमा) दूतावासलाई लेखेको रीतपूर्वक निवेदन ।
(ग) अधिकृत वारेसनामा दिने र लिने दुवैको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति ।
(घ) अधिकृत वारेसनामा दिनेको राहदानी र Alien Registration Card को सक्कल तथा प्रतिलिपि १/१ प्रति ।
(ङ) अधिकृत वारेसनामा दिनेको हालै खिचिएको दुई प्रति फोटो ।
(च) शुल्क कोरियन वन ५५,०००।- (पच्पन्न हजार मात्र) ।
(अधिकृत वारेसनामामा दिने व्यक्ति आफैं राजदुतावासमा उपस्थित भई नियोग प्रमुखको रोहवरमा अधिकृत वारेसनामामा सहीछाप गर्नु पर्ने हुनाले अग्रिम रुपमा समय मिलाएर मात्र आउनु पर्नेछ ।)
माथि उल्लेखित बुँदाहरु बाहेक देहायको विषयको अधिकृत वारेशनामाका सम्बन्धमा निम्नानुसार थप कागजातहरु पेश गर्नुपर्नेछ ।