Travel Document


एकतर्फी कागजी यात्रा अनुमति पत्रः

तत्काल समस्या परी ३० दिन भित्र नेपाल जानु पर्ने भई एकतर्फी यात्रा अनुमति पत्र प्राप्त गर्न निम्नानुसार कागजातहरु आवश्यक पर्दछः

(क) रीतपूर्वक भरिएको दरखास्त फारम १ प्रति । (फाराम Form for Travel Document बाट डाउनलोड गर्न सकिनेछ ।)

(ख) राहदानी हराएर यात्रा अनुमति पत्र आवेदन गर्दा सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, हराएको राहदानी नम्बर र जारी मिति समेत उल्लेख गरी स्थानीय प्रहरी कार्यालयबाट जारी भएको राहदानी हराएको पुष्टि गर्ने प्रतिवेदन ।

(ग) राहदानी बिग्रिएको वा नष्ट भएकोमा सो को प्रमाण ।
(घ) नेपाली नागरिकता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि १ प्रति ।
(ङ) ६ महिना भित्र खिचिएको ३५×४५ मि मि. साईजको ४ प्रति रंगिन फोटो ।
(फोटो खिच्दा कुनै गहना वा टोपी लगाएको हुनु हुँदैन र फोटोको ८० प्रतिशत भाग टाउकोले लिएको हुनुपर्दछ ।)
(च) शुल्कः कोरियन वन ५५,०००।– (पचपन्न हजार मात्र ।)