Press Release

Press Release

प्रेस विज्ञप्ति


नेपाल सरकारद्वारा मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना एवम् क्षतिग्रस्त संरचनाहरूको पुनःनिर्माणका लागि स्वैच्छिक रूपमा सहयोग गर्न इच्छुक दाताहरूलाई अपिल भएअनुसार यस राजदूतावासको नाममा रहेको बैङ्क खातामा मिति १८ सेप्टेम्बर २०२६ सम्म सङ्कलित कोरियन वन ५८९,३९९,७९२।०० बराबरको अमेरिकी डलर ४,२३,४९०।९० मिति २१ सेप्टेम्बर २०२६ का दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा हिमालयन बैङ्कमा रहेको बैङ्क खातामा ट्रान्सफर गरिएको छ।

कोरियामा रहनुभएका नेपाली एवम् कोरियाली नागरिकहरू विश्वविद्यालय, कोरियाका स्थानीय सरकारी एवम् निजी सङ्घसंस्थाहरूबाट राजदूतावासको खातामा हालसम्म राहतस्वरूप कोरियन वन ६१६,३१२,९१२।०० जम्मा भएको र रकम सङ्कलन हुने क्रम जारी रहेको छ।


नेपालमा आइपरेको विपद्‌को घडीमा आ-आफ्नो तर्फबाट स्वैच्छिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण नेपाली एवम् कोरियाली नागरिकहरू, नेपाली डायस्पोराका सङ्घ-सङ्गठनहरू, शुभेच्छुकहरू, कोरियाली विश्वविद्यालय तथा स्थानीय सरकारी एवम् निजी सङ्घसंस्थाहरूप्रति राजदूतावास हार्दिक धन्यवाद व्यक्त गर्दछ।


नेपाली राजदूतावास, सिओल
मितिः २०८३ असोज ६ गते, मङ्गलबार