Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA DWITIYA - 17

Labour Agreement Attestation (E-7)

श्रम सम्झौता प्रमाणिकरण (E-7 भिसाका लागि)

दूतावासले तोकेको श्रम सम्झौतामा मात्र प्रमाणिकरण गरिनेछ जुन File Download Option मा उपलब्ध छ।
उक्त श्रम सम्झौता गणतन्त्र कोरियाको परराष्ट्र मन्त्रालयबाट कन्सुलर प्रमाणिकरण गरी पेश गर्नुपर्नेछ । सो प्रमाणित श्रम सम्झौता साथ संलग्न गर्नुपर्ने अन्य आवश्यक कागजातहरु निम्नानुसार छन्ः

(क) श्रम सम्झौताको प्रमाणिकरणका लागि अनुरोध गर्दै रोजगारदाताले पेश गरेको निवेदन ।
(ख) रोजगारदाताको व्यवसाय दर्ता सम्बन्धी कागजातको सक्कल र सो को प्रतिलिपि १ प्रति ।
(ग) रोजगारदाताको राहदानी र ID कार्डको सक्कल तथा प्रतिलिपि १/१ प्रति ।
(घ) कोरियाको अध्यागमनबाट प्राप्त कामदारको भिसा confirmation सम्बन्धी पत्र वा email को प्रतिलिपि ।
(ङ) कामदारको नेपाली नागरिकता प्रमाणपत्र तथा राहदानीको प्रतिलिपि १/१ प्रति ।

माथि उल्लेखित सम्पूर्ण प्रकृया पूरा भएपछि दूतावासबाट श्रम सम्झौता प्रमाणिकरण गरिनेछ । यसरी दूतावासबाट प्रमाणित श्रम सम्झौता दूतावासको e-mail बाट वैदेशिक रोजगार विभागको e-mail: dofe_kath@dofe.gov.np मा समेत पठाइनेछ ।

File Download