कागजात प्रमाणिकरण
- नेपालको सरकारी निकायबाट जारी सवारी चालक अनुमति पत्र, अविवाहित-विवाहित-सम्बन्ध विच्छेद प्रमाणपत्र, प्रहरी/चारित्रिक प्रमाणपत्र, address verification आदि जस्ता कागजातहरु कोरियाको विभिन्न निकायहरुमा पेश गर्नु पुर्व उल्लिखित कागजातहरु नेपाली राजदूतावास सिओलबाट प्रमाणित गराउनुपर्दछ।
- नेपाली राजदूतावास सिओलबाट प्रमाणित गर्नुपुर्व उल्लिखित कागजातहरुलाई काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागबाट अनिवार्य रूपमा प्रमाणिकरण गराएको हुनुपर्दछ। प्रमाणित कागजात कन्सुलर सेवा विभागको Online Portal/System मा प्रविष्ठ गराएको हुनुपर्दछ।
- यसरी अनलाइन सिस्टममा प्रविष्ठ गरेपछि प्राप्त हुने Ref. No. को आधारमा कागजातको बैधानिकता जाँच गरेर मात्र राजदूतावासबाट प्रमाणीकरण गरिने र सोको आधारमा कोरियाको सरकारी निकायमा उल्लिखित कागजात बुझाउन सकिने हुँदा कन्सुलर सेवा विभागबाट प्रमाणित नभएका कागजात नेपाली राजदूतावास सिओलले प्रमाणित गर्दैन ।
- कागजात प्रमाणिकरणको लागि स्वयम् निवेदक दूतावासमा उपस्थित हुनु जरुरी पर्दैन । कन्सुलर सेवा विभागबाट प्रमाणिकृत कागजात, नेपाली नागरिकता प्रमाणपत्र र राहदानको फोटोकपी, प्रमाणिकरणको विषय खुलाई आवेदकको सम्पर्क नम्बर र ठेगाना खुल्ने गरी नेपाली भाषामा रीतपूर्वक लेखिएको निवेदन संगै राखी पोस्ट गरी पठाउन सकिनेछ । यसरी पोस्टबाट पठाउँदा कागजात फिर्ता पठाउने ठेगाना र राजस्व दस्तुर पनि साथमा राखी पठाउनुपर्नेछ ।
- प्रमाणिकरण दस्तुरको लागि तलको लिङ्कमा Click गर्नुहोला। https://kr.nepalembassy.gov.np/content/54/very-important-notice-regarding-new- rate-of/
- एवम् रीतले कोरियाको सिटी अफिस वा अन्य सरकारी निकायबाट जारी भएका जन्म दर्ता, मृत्यु दर्ता, विवाहित-सम्बन्ध विच्छेद प्रमाणपत्रआदि जस्ता कागजातहरु नेपालको सरकारी निकायमा पेश गर्नुपुर्व उल्लिखित कागजातहरुलाई कोरियाको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गराई तत् पश्चात नेपाली राजदूतावास कोरियाबाट प्रमाणीकरण गराएर मात्र नेपाल पठाउनुपर्नेछ।
- कोरियाको परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास सिओलबाट प्रमाणित नभएका कागजातहरुलाई नेपालमा स्वीकार गरिदैन।
शैक्षिक प्रमाणपत्र प्रमाणीकरण
- नेपालको शिक्षण संस्थाहरुबाट जारी भएको शैक्षिक प्रमाणपत्रहरु दूतावासबाट प्रमाणीकरण गर्नु परेमा नेपालको परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको कन्सुलर सेवा विभागबाट अनिवार्य रुपमा प्रमाणित गर्नुपर्दछ।
- निवेदक अनिवार्य रुपमा गणतन्त्र कोरियामा प्रवेश गरेको हुनुपर्दछ र निजले कोरियाको सम्बन्धित निकायबाट Residential Card प्राप्त गरेको हुनुपर्नेछ।
- व्यक्ति स्वयम् दूतावासमा उपस्थित हुन नसकेमा Postal Service मार्फत सेवा लिन सकिनेछ।
- कुनै पनि बहानामा नेपालमा भएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दूतावासबाट प्रमाणित हुने छैन।
- प्रमाणीकरणका लागी लाग्ने दस्तुर : प्रत्येक १ प्रति कागजातको 23,000।- कोरियन वन लाग्नेछ।
Note: दूतावासमा स्वयम् उपस्थित हुन नसक्ने अवस्था भएमा Post मार्फत सेवा लिन सक्नेहुनेछ।(Post) मार्फत पठाउनका लागि थप 3000।- वन Postal Charge लाग्छ।तसर्थ Post मार्फत सेवा लिने हो भने प्रति थान कागजातको 23000।- कोरियन वन र थप 3000।- खामबन्दी गरेर दूतावासको ठेगानामा पठाउनुहोला। Post मार्फत Document पठाउँदा 7-10 कार्यदिन लाग्छ।आफ्नो फोन नम्बर र आफूले कागजात प्राप्त गर्ने ठेगाना अनिवार्य रुपमा निवेदनमा उल्लेख गर्नुहोला।
आवश्यक कागजातहरु:
- राहदानीको प्रतिलिपि १ थान
- नागरिकता प्रतिलिपि १ थान
- Residence Card को प्रतिलिपि १ थान
- रीतपूर्वक भरिएको निवेदन १ थान