तनाव व्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती अन्तरक्रिया कार्यक्रम


नेपाली राजदूतावास, सिओलको
तनाव व्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती अन्तरक्रिया कार्यक्रम
सम्बन्धी अत्यन्त जरुरी सूचना

मितिः २०७५।०८।०५

दक्षिण कोरियामा रहेका आम नेपालीहरुको स्वास्थ्य, सुरक्षा, हकहित संरक्षण तथा प्रवद्र्धनका लागि नेपाली राजदूतावास सदैव सक्रिय रहँदै आएको अवगतै छ । विविध प्रयासका वावजुद पछिल्लो समय कोरियामा रहेका नेपाली कामदारहरुमा बढ्दोरुपमा देखा परेको मानसिक रोग, डिप्रेशन तथा आत्महत्या जस्ता घटनाहरुप्रति राजदूतावास गम्भीर रहेको छ । यस प्रकारका समस्या न्यूनीकरणका लागि विज्ञसंग परामर्श, छलफल तथा सुझाव लिने, कार्यअवधि समाप्तीसंगै स्वेच्छिकरुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्ने, स्वदेश फर्केका कामदारहरुलाई नेपाल सरकारवाट उपलव्ध हुने सेवा सुविधा बारे जानकारी दिने, कामदारका गुनासोहरुलाई यथासम्भव कार्यस्थलमा नै गै सुनुवाई गर्ने तथा सम्बद्ध पक्षहरुसंग छलफल पैरबी गर्न नेपाली राजदूतावासको आयोजनामा देहायको मिति, समय र स्थानमा “तनाव व्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती अन्तरक्रिया कार्यक्रम’’ आयोजना गरिएको छ । राजदूतावासका महामहिम राजदूतज्यूको समेत उपस्थितिमा हुने सो कार्यक्रममा तनाव व्यवस्थापनको विषयमा अनुभवी, सिनियर कन्सल्ट्यान्ट डा. केदार वहादुर रायमाझीबाट विशेष प्रस्तुती–प्रशिक्षण, परामर्श तथा अन्तरकृया हुने साथै राजदूतावासका अधिकारीहरुबाट स्वेच्छिक घरफिर्ती लगायत अन्य समसामयिक विषयहरुमा समेत प्रस्तुती तथा छलफल हुने भएको आफूलाई पायक पर्ने क्षेत्रमा रहेका ई.पि.एस. कामदार लगायत इच्छुक सबैमा उपस्थिति तथा सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध छ ।

क. Cheonan मा हुने कार्यक्रम सम्बन्धी विवरण

Date: 01 December 2018 (Saturday)

Time: 16:00 PM

Venue: Cheonan Support Center For Foreign Workers (천안외국인노동자지원센터)

4th Floor, Sky Building, 21, Seongjeonggongwon 5-ro, Seobuk-gu, Cheonan-si,
Chungcheongnam-do (충청남도 천안시 서북구 성정공원5로 21 스카이빌딩 4층)

Contact Number: Lee Chae Yeon 041-411-7026 (Local Coordination)